सोमबार, भदौ १, २०८३

नेकपा स्थायी कमिटी बैठक सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सोमबार पुनः बस्नेगरी सकिएको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सोमबार पुनः बस्नेगरी सकिएको छ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। 

बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट ५ वटा एजेण्डाहरुः राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध विषय प्रस्तुत भई सामान्य छलफल भएको र स्थायी कमिटीको बैठकको अजेण्डाका रुपमा स्वीकार गरिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।

अध्यक्ष प्रचण्डको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई वितरण गरेसँगै आइतबारको बैठक सकिएको र बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य लाभकाे कामना गरिएकाे पनि उनले बताए।

सोमबार बिहान ११ बजे फेरि बस्ने बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो धारणा राख्नेछन्।

नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली भने सहभागी भएनन्

प्रकाशित: Dec 15, 2019| 09:34 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।