सोमबार, भदौ १, २०८३

कांग्रेस बैठक सुरु, पौडेल समूहको बहिष्कार

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं–वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकमा पौडेल समूहसँगै नेता कृष्णप्रसाद सिटौला समूह पनि सहभागी छैन।

बैठकमा सहभागी केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार बैठकमा यसअघि प्रस्तावित विषयहरुमाथि छलफल हुनेछ। सभापति देउवाले यसअघिको बैठकमा पार्टी विभाग बढाउने लगायतका प्रस्ताव पेस गरेका थिए।

८३ सदस्यीय केन्द्रीय कार्यसमितिमा ३६ जना देउवा पक्षका छन्।  विजय गच्छदारको लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि गच्छदारसहित आठ केन्द्रीय सदस्य थप भएका थिए।

१३ औं महाविधेशनमा केन्द्रीय सदस्य निर्वाचित खुमबहादुर खड्काको निधन भइसकेको छ। 

गच्छदार पनि देउवाकै पक्षमा रहेकाले देउवा पक्ष स्पष्ट बहुमतमा रहेको नेता भण्डारीले बताए। उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का देउवा प्यानलका हुन् ।

यस्तै केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, प्रदिप गिरी, बालकृष्ण खाँड, ५० रमेश लेखक, विश्वप्रकाश शर्मा, एनपी सावद, शंकर भण्डारी देउवा प्यानलका हुन् । देउवा प्यानलका अन्य केन्द्रीय सदस्हरुमा ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशण महत छन् ।

प्रदेशबाट प्रतिनिधित्व गर्नेममा भीष्मराज आङदम्वे, रमेश रिजाल, मोहन बस्नेत, सुरेन्द्र पाण्डे, देवन्द्र कँडेल, जीवनबहादुर शाही र वीरबहादुर बलायर देउवा पक्षका हुन् । यस्तै फरमुल्ला मंसुर, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार, बहादुरसिंह लामा, सीता गुरुङ, डिला स्रगौला, पुष्पा भुषाल पनि देउवा प्यानलकै हुन् ।

केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, इश्वरी न्यौपाने, अजय चौरासिया, महेन्द्र यादव, पार्वती डिसी चौधरी देउवा पक्षका छन् ।

गच्छदारसँगै कांग्रेस प्रवेश गरेका नन्दनकुमार दत्त, कुमार खड्का, सूर्यबहादुर केसी, बालकृष्ण पाण्डेय, आनन्द (गोरख) विष्ट, नरेन्द्रकुमार चौधरी र हसन अन्सारी पनि देउवा निकटका हुन्।

महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव भने पौडेल समूहका हुन् । पौडेल समूहका केन्द्रीय सदस्यमा शेखर कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेल, धनराज गुरुङ, बलहादुर केसी, महेश आचार्य छन् । यस्तै सुजाता कोइराला, रामशरण महत, बद्री पाण्डे, नारायण खडका, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, आनन्द ढुंगाना, नवीन्द्रराज जोशी, गोविन्द भट्टराई पौडेल पक्षका हुन्।

दीपक गिरी, हृदयराम थानी, दिलेन्द्र बडु, जीवन परियार, चीनकाजी श्रेष्ठ, कल्याण गुरुङ, रत्ना शेरचन, कमला पन्त, सरिता प्रसाई, रामकृष्ण यादव, किरणदेवी यादव पौडेल पक्षका केन्द्रीय सदस्य हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिमा कृष्णप्रसाद सिटौलाको अलग्गै गुट छ। यसमा केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेललगायत छन्। 

प्रकाशित: Dec 15, 2019| 09:24 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।