सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय समिति बैठक बहिस्कार गरेर पाथीभरा पुगे पौडेल, योगेश भट्टराई खुसी

केन्द्रीय समिति बैठक बहिस्कार गरेर पाथीभरा पुगे पौडेल, योगेश भट्टराई खुसी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ताप्लेजुङको पाथीभर मन्दिर पुगेका छन्।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ताप्लेजुङको पाथीभर मन्दिर पुगेका छन्।

आइतबारका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठक बहिस्कार गरेर पौडेल पाथीभरा पुगेका हुन्।

पौडेलले बहिस्कार गरेपछि आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक नै प्रभावित भएको छ।

वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४ औं महाधिवेशनको छलफल छाडेर विभागहरु थपेको, छोटो समयका लागि भ्रातृ संगठनहरुमा सदस्य मनोनयन गर्न लागेको भन्दै असन्तुष्टि जनाएका छन्।

शनिबार सभापति देउवाले पौडेलको निवास बोहोराटारमै पुगेर पौडेललाई आइतबारको केन्द्रीय समिति बैठकका लागि सहयोग गर्न र बैठकमा उपस्थित हुन आग्रह गरेका थिए।

पौडेलले पार्टीको महाधिवेशन गर्नुपर्ने बेला महाधिवेशन प्रभावित हुने गरी गुटका मान्छेहरुलाई विभागका जिम्मेवारी दिन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

यसैबीच वरिष्ठ नेता पौडेल परिवारसहित पाथीभरा पुगेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खुसी व्यक्त गरेका छन्।

मन्त्री भट्टराईले पौडेलको पाथीभरा भ्रमणले पाथीभरा मन्दिरको प्रवद्र्धन एवम् पर्यटन वर्षलाई प्रचारका लागि सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका हुन्।

मन्त्री भट्टराईले पौडेलको पारिवारिक भ्रमणको तस्बिरसमेत सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन्।

प्रकाशित: Dec 15, 2019| 09:03 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।