सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समायोजनबाट असन्तुष्ट अधिकृतहरुको सिंहदरबारमा विरोध प्रदर्शन

समायोजनबाट असन्तुष्ट अधिकृतहरुको सिंहदरबारमा विरोध प्रदर्शन

सरकारले गरेको समायोजन प्रक्रिया असन्तुष्ट शाखा अधिकृतहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- सरकारले गरेको समायोजन प्रक्रिया असन्तुष्ट शाखा अधिकृतहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्।

असन्तुष्ट अधिकृतहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उभिएर विरोध गरेपछि मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसहसचिव बाबुराम अधिकारीलाई विरोधपत्र बुझाएका छन्।

असन्तुष्ट अधिकृतहरुले आफूहरुलाई समायोजन गरेको ९ महिना नपुग्दै लोक सेवा आयोगले ठूलो मात्रामा अधिकृतका लागि विज्ञापन खुलाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। लोक सेवा आयोगले गत मंसिर २५ गते करिब ११ सय अधिकृत भर्नाका लागि विज्ञापन आह्वान गरेको थियो।

उनीहरुले मन्त्रालयमा विरोध पत्र बुझाउँदै संघमा खाली रहेको दरबन्दीमा आफूहरुलाई समायोजन गर्न मागसमेत गरेका छन्।

उनीहरुले निजामति किताव खानाको रेकर्डमा संघमा ८८ जना अधिकृतको मात्रै दरबन्दी खाली रहेको देखिएको तर लोक सेवाले ठूलो संख्यामा नयाँ भर्नाको विज्ञापन गरेको प्रति आश्चर्य व्यक्त गरेका छन्।

साथै यति ठूलो संख्यामा खाली दरबन्दी भए आफूहरुलाई रोजेको ठाउँमा किन नपठाएको भन्ने प्रश्न उनीहरुले विरोध पत्रमार्फत् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सोधेका छन्।

अधिकृतहरुले समायोजनका कारण आफूहरु जुनियरको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था रहेको र अब लोक सेवाले लिने भर्नापछि यो समस्या झनै विकराल बन्ने उनीहरुको तर्क छ।

विरोधमा ब्याच ३०, ३१, ३२ र ३३ का शाखा अधिकृतहरु उपस्थित भएका थिए।

प्रकाशित: Dec 15, 2019| 08:38 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।