सोमबार, भदौ १, २०८३

नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली सहभागी भएनन्

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो ।

यसअघि आजै बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको आगामी बैठक र नेपाल–भारत सीमा समस्याबारे छलफल हुनेछ । साथै अन्य विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।

बैठकमा केहीबेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए । उनले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी दिएका थिए ।

एक वर्षपछि नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको हो । अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक बसेको छैन। 

प्रकाशित: Dec 15, 2019| 08:10 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।