सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बम विस्फोटका घाइतेलाई भेटे मुख्यमन्त्री राउतले, उपचार खर्च सरकारले बेहोर्ने

बम विस्फोटका घाइतेलाई भेटे मुख्यमन्त्री राउतले, उपचार खर्च सरकारले बेहोर्ने

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

जनकपुरधाम– प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई भेटेका छन्। बम विस्फोट भएको झण्डै ३६ घण्टापछि मुख्यमन्त्री राउत आइतबार महेन्द्रनगर पुगेर पीडित परिवारलाई भेटेका हुन्।

शुक्रबार राति भएको बम विस्फोटमा परी एकजना प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको थियो। पीडित परिवारलाई भेटेर राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहतसमेत उपलब्ध गराउने बताएका छन्। मृतक परिवारलाई उपलब्ध गराइने राहत रकमबारे आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने उनले जानकारी दिए।

पीडित परिवारलाई भेट्न मुख्यमन्त्री राउतसहित सभामुख सरोज यादव, समाजवादी पार्टीका मुख्य सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत पनि पुगेका थिए। बम विस्फोटमा तीनजनाको ज्यान गए पनि मुख्यमन्त्री राउत शिलान्यास कार्यक्रममा व्यस्त रहेको भन्दै सामाजिक सञ्जालमा उनको तिव्र आलोचनासमेत भएको थियो ।

बम विस्फोटमा परी घरधनी राजेश साह, उनका छोरा आनन्द साह र प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले विप्लव नेतृत्वको नेकपाका प्रदेश संयोजकसहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको छानबिन गर्न प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।

प्रकाशित: Dec 15, 2019| 07:25 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।