सोमबार, भदौ १, २०८३

सिन्धुपाल्चोक दुर्घटना ठेकेदारको लापरबाहीले

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित ६ किलोमा कम्तीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा ठेकेदारको लापरबाही देखिएको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित ६ किलोमा कम्तीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा ठेकेदारको लापरबाही देखिएको छ।

ठेकेदारले तोकिएको समयमै व्यवस्थित रूपमा सडक निर्माण कार्य पूरा नगर्दा बस दुर्घटनामा परेको वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताए।

‘दुर्घटना भएको ठाउँ निकै जोखिमपूर्ण छ। तल्लो र माथिल्लो मोडको व्यवस्थापन नगरी बाटो कालोपत्रे गरिएको थियो। माथिबाट आउने गाडी स्वाट्टै तल झर्छ। आजको दुर्घटना पनि त्यसरी नै भएको हो’, उनले भने ।

याे सडकमा यसअघि पनि पटकपटक दुर्घटना भएको छ। ‘हामीले ठेकेदारलाई काम पूरा गर्न धेरै पटक आग्रह गरेका थियौँ। मोडमा वाल लगाउन र सडक फराकिलो पार्न हामीले ठेकेदार कम्पनीलाई धेरै पटक आग्रह गरेका छाैँ। तर, ठेकेदारले अहिलेसम्म काम पूरा गरेको छैन’, तिमल्सिनाले भने।

खाडीचौर–मुडे पहिलो प्याकेजको उक्त सडक निर्माणको ठेक्का गौरी पार्वती निर्माण सेवाले पाएको छ। समयमा पूरा नगरेपछि ठेकेदारले यसअघि ६ करोड जरिबाना तिरेको अध्यक्ष तिमल्सिनाले बताए। जनप्रतिनिधि र स्थानीयले केही दिनअघि मात्र सडक मिलाउन र वाल लगाउन ठेकेदारको ध्यानाकर्षण गराएका थिए।

चार वर्षअघि टेन्डर भएको खाडीचौर–चरिकोट ५५ किलोमिटर सडक खाडीचौर बजारदेखि मुडेको तल्लो मोडसम्म २५ किलोमिटर र मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर गरेर दुई प्याकेजमा ठेक्का लागेको थियो। पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोडमा ठेक्का लागेको थियो।

राजधानी काठमाडौंसँग दोलखालाई जोड्ने मुख्य मार्ग चरिकोट–खाडीचौर सडकका ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ जरिबाना तिराउने निर्णय यसअघि नै गरेको थियो ।

एक्जिम बैंकको सहयोगमा चार वर्षअघि सुरु भएको सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापरबाही गरेको निष्कर्ष विभागको छ।

सम्बन्धित समाचार:

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेहरु एकै गाउँका

कालिञ्‍चोकबाट फर्कंदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १४ को मृत्यु 

प्रकाशित: Dec 15, 2019| 06:00 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।