सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेहरु एकै गाउँका

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेहरु एकै गाउँका

सिन्धुपाल्चोकको खाडीचौर नजिक आइतबार विहान भएको बस दुर्घटनाका मृतक जुगल गाउँपालिका– ७ याङलाकोटका वासिन्दा भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– सिन्धुपाल्चोकको खाडीचौर नजिक आइतबार विहान भएको बस दुर्घटनाका मृतक जुगल गाउँपालिका– ७ याङलाकोटका वासिन्दा भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा दोलखाको कालिन्चोक मन्दिर दर्शन गरी भक्तपुर फर्कंदै गरेका १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश भक्तपुरमा डेरा गरी बस्ने याङलाकोटका वासिन्दा रहेको जुगल गाउँपालिका– ७ का वडाध्यक्ष दिलकुमार लामाले जानकारी दिए ।

“बसमा दुई तीन जनाबाहेक सबै भक्तपुरमा डेरा गरी बस्ने हाम्रै गाउँका वासिन्दा रहेको बुझेको छु। म अहिले घाइते भेट्न धुलिखेल अस्पताल जाँदैछु,” लामाले भने।

प्रहरीले घटनास्थलबाट ८ महिला, तीन पुरुष, एक बालिका र दुई बालक गरी १४ जनाको शव बरामद गरेको छ । घाइते १८ जनाको उद्दार गरी स्थानीय सिन्धु सदाबहार अस्पताल, धुलिखेल अस्पताल र काठमाडौंतर्फ पाठाइएको छ।

शवहरु अझै घटनास्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । उनका अनुसार मृतकहरुको अझै सनाखत भइसकेको छैन।

खाडीचौर– जिरी सडक खण्डको ६ किलोमा बस सडकबाट ५०० मिटर तल खस्दा भएको उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 15, 2019| 05:58 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।