सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी छाप दस्तखत किर्ते गर्ने सिँचाइ डिभिजन प्रमुख पक्राउ

सरकारी छाप दस्तखत किर्ते गर्ने सिँचाइ डिभिजन प्रमुख पक्राउ

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं। प्रहरीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका तत्कालिन सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारीलाई पक्राउ गरेको छ।
दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईका अनुसार रत्ननगर नगरपालिका–४, चितवन घर भई किर्तिपुर नगरपालिका–२, काठमाडौं बस्ने अधिकारीलाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको हो। तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दा लागेका अधिकारी फरार थिए।
पक्राउ परेका अधिकारी यसअघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बित छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Dec 15, 2019| 05:45 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।