सोमबार, भदौ १, २०८३

स्थगित नेकपा सचिवालय बैठक बस्दै

शुक्रबार स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बैठक स्थगित गरिएको र शनिबार दिउँसो बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - शुक्रबार स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बैठक स्थगित गरिएको र शनिबार दिउँसो बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

यसअघि १८ मंसिरमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्रमा दिन निर्देशन दिएको थियो। तर, तोकिएको समयमा सबैको प्रतिवेदन नआएकाले मंसिर २३ गतेको सचिवालय बैठकले पाँच दिन समय थपेको थियो।

प्राप्त प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुने बताइएको छ। एक वर्षपछि नेकपाको स्थायी कमिटी बैठक पनि आइतबारबाट बस्दैछ। पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन।

मंसिर २३ को बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो। अबको सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पनि पूर्णता दिनेछ।

बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको सभामुखको उमेदवार पनि तय गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयासको अभियोग लागेपछि पदबाट राजीनामा गरेका थिए।

संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुने भएकाले नयाँ सभामुखका लागि विभिन्न नेताहरुले लबिङ गरिरहेका छन्। नेकपाभित्रै पूर्वसभामुख सुवास नेम्वाङ र नेता अग्नि सापकोटा मुख्य दाबेदार रहेको बताइन्छ।

प्रकाशित: Dec 14, 2019| 04:34 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।