सोमबार, भदौ १, २०८३

वर्षा र हिमपात आइतबारसम्मै, मौसममा सुधार कहिले?

मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मध्य, पूर्वी तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको बताएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मध्य, पूर्वी तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको बताएको छ। यस्तै उच्च पहाडीसहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले पश्चिमी, उच्चपहाडी तथा हिमाली भू–भागमा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभर पानी पर्नुकासाथै हिउँ परेर चिसो बढेको महाशाखाले जानकारी दिएको छ।

यसैबीच महाशाखाले आइतबारसम्मै देशभर मध्यमदेखि भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। सोमबारदेखि भने मौसममा केही सुधार हुने छ। काठमाडौं उपत्यकामा पनि शुक्रबारदेखि नै लगातार वर्षा भइरहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ६४.९ मिलीमिटर वर्षा भएको छ। यस्तै नेपालगञ्जमा ५५.५, डडेलधुरामा ४३.२, विरेन्द्रनगरमा ४१.७, दिपायलमा ३२.८, पोखरामा २२.२, जुम्लामा १८.५ तथा काठमाडौंमा ४ मिलीमिटर वर्षा भएको छ। 

प्रकाशित: Dec 14, 2019| 01:43 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।