सोमबार, भदौ १, २०८३

हिउँ खेल्न कालिञ्चोक जाने कि!

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ। शुक्रबार बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू-भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

चरिकोट - दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ। शुक्रबार बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू-भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ।

हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन्। यसयामको जाडो मौसम सुरु भएसँगै पहिलोपटक हिउँ परेको हो। हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो। तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली बताउँछन्। उनले भने, “यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो। ” हल्का वर्षाले किसान पनि औधि खुसी भएका छन्।

प्रकाशित: Dec 13, 2019| 12:54 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।