सोमबार, भदौ १, २०८३

हिउँमा टिप्पर चिप्लिँदा २ जनाको मृत्यु

हिउँमा टिप्पर चिप्लिएर दुर्घटना हुँदा हुम्लामा दुईजनाको मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

हुम्ला- हिउँमा टिप्पर चिप्लिएर दुर्घटना हुँदा हुम्लामा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा नाम्खा गाउँपालिका वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा र वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामाको मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरुको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ।

बिहीबार हिमपात भइरहेका बेला सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर चिप्लिएर दुर्घटनामा परेको थियो।

प्रकाशित: Dec 13, 2019| 12:40 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।