सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचारको मुद्दा

तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुन्धान आयोगले तातोपानी भन्सार सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुन्धान आयोगले तातोपानी भन्सार सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले बस्नेतविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीविरुद्ध गैरकानूनी रुपमा आर्जन गरेको रकम आफ्ना जेठान नबिनकुमार गौली एवम् उनको परिवारका अन्य सदस्यहरुको नाममा रहेका विभिन्न बैंक खातामा जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ।

बस्नेतलाई १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रूपैयाँ बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार भ्रष्टाचारको मुद्दा दायर गरिएकाे हाे।

त्यस्तै उनकी श्रीमती सबिता गौलीविरुद्ध बस्नेतको चलअचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको छ।

त्यसैगरी जेठान नबिन गौली तथा नबिनकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीविरुद्धसमेत अख्तियारले मुद्दा दर्ता गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।

प्रकाशित: Dec 13, 2019| 11:51 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।