बिहीबार, चैत १९, २०८२

इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट खारेज

इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध भरतकुमार बस्नेत र अधिवक्ता राजन वुर्लाकोटीले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक अदालतमा सुनुवाई भएको थियो।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं – इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध भरतकुमार बस्नेत र अधिवक्ता राजन वुर्लाकोटीले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक अदालतमा सुनुवाई भएको थियो।

National life

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले दुबै रिट खारेजीको फैसला सुनाएको इजलास अधिकृत सुरेशराज खनालले जानकारी दिए। ‘सरकारी कदमविरुद्ध परेका दुबै रिट खारेजीको फैसला भएको छ’ खनालले भने,‘अब सरकारलाई रोकिएको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।’

बस्नेत र वुर्लाकोटीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत र यातायात व्यवस्था कार्यालय (सान तथा ठूला सवारी) ललितपुरलाई बिपक्षी बनाएर २०७४ फागुनमा रिट दायर गरेका थिए।

इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा हुँदा सबैले बुझ्न नसक्ने भन्दै परेको रिटमा तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यो बेला अदालतले नेपाली नम्बर राख्न नसक्नुका केही कारण भए सात दिनभित्र पेस गर्न पनि सम्बन्धित सरकारी निकायलाई आदेश दिएको थियो।

यातायात व्यवस्था विभागले नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्न प्राविधिक कठिनाइ हुने तर्क राख्दै आएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले इम्बोस्ड नम्बर प्लेट राख्न भनी गरिएको अध्ययनमा अनि प्राविधिक पाटोले नेपाली नम्बर प्लेट राख्न नसकिने बताए।

‘सर्वोच्चले रिट खारेजको फैसला सुनाएपछि अवरुद्ध प्रक्रिया सुचारु गर्न बाटो खुलेको छ।’, हमालले भने। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि अन्तर्राष्ट्रिय टेन्डर गरेर प्रक्रिया अगाडि बढाएको थियो।

kumari

सर्वोच्चले रिट खारेज गरेपछि अब अंग्रेजी भाषाकै नम्बर प्लेट जडान कार्य अगाडि बढ्ने भएको छ।

प्रकाशित: Dec 13, 2019| 11:21 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।