सोमबार, भदौ १, २०८३

सीमा अतिक्रमणबारे सरकारलाई संसदको दोस्रो निर्देशन

 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– भारतसँगले नेपालको सीमा अतिक्रमण गरेको विषय समाधानका लागि सरकारले पहल नगरेको भन्दै संघीय संसदको एक अर्को समितिले पनि सरकारलाई निर्देशन दिएको छ। लिम्पियाधुरा–लिपुलेक–कालापानीमा भारतीय सैनिक बसेको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई ५ बुँदे निर्देशन दिएको हो।

यसअघि प्रतिनिधिसभाकै राज्य व्यवस्था समितिले पनि सरकारलाई यस्तै निर्देशन दिएको थियो। उक्त निर्देशन बमोजिम सरकारले भारतसँग छलफल गर्न सकेको छैन भने भारतीय सेना फिर्ता भएको छैन।

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले पनि सरकारलाई विवादित क्षेत्रका विषयमा भारतसँग वार्ता गर्न निर्देशन दिएको छ।

यसैगरी विवादित क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ। गृह, भूमि व्यवस्था र परराष्ट्र मन्त्रालयलाई एकीकृत रुपमा पहल गर्न पनि निर्देशन दिइएको छ भने दार्जुला जिल्लाका बासिन्दालाई आवतजावतका लागि व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ। समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका थिए ।

यसअघि राज्य व्यवस्था समितिले पनि नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो। तर नयाँ नक्सा जारी भएको छैन। त्यसैगरी समितिले कूटनीतिक रुपमा भारतसँग वार्ता अगाडि बढाउन निर्देशन दिएको थियो तर अहिलेसम्म भारतसँग औपचारिक वार्ता हुन सकेको छैन।

प्रकाशित: Dec 13, 2019| 10:52 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।