शुक्रबार, पुस ४, २०८२

पानीमा रुझ्दै नगर परिक्रमा (तस्बिरहरु)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित नागरिक अभिनन्दन गरिएको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको र्‍यालीमा पदक विजेता खेलाडी रुझ्दै भएपनि सहभागी भएका छन्।
 |  शुक्रबार, मंसिर २७, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित नागरिक अभिनन्दन गरिएको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको र्‍यालीमा पदक विजेता खेलाडी रुझ्दै भएपनि सहभागी भएका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुको सहभागिता रहेको छ। खेलाडीको र्‍यालीलाई नेपाली सेनाको ब्यान्डले साथ दिएको थियो। र्‍याली न्युरोड, असन, रत्नपार्कहुँदै टुँडिखेल परिक्रमा गरी राखेप आएर टुङ्‍गिने छ। पानीले नगर परिक्रमाको निर्धारित दूरी छोट्याइएको छ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका खेल पदाधिकारीले खेलाडीलाई फूलमाला र अबिर लगाउँदै परिक्रमा सुरु गरेका थिए।

१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेको थियो।

सबै तस्बिर : दिनेश/नेपाल समय

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 13, 2019| 08:19 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।