सोमबार, भदौ १, २०८३

मकवानपुरमा १० किलो चरेससहित दुई पक्राउ

प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

मकवानपुर– प्रहरीले भीमफेदी गाउँपालिका-२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, पचरौटा नगरपालिका-७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका-१ बस्ने सुल्तान मियाँ अन्सारी छन्।

उनीहरूलाई प्रहरी चौकी भैँसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भीमफेदीबाट हेटौंडातर्फ आइरहेको बा४०प ७२४० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीको साथबाट चरेस फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Dec 13, 2019| 07:26 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।