सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सिधा कुरा जनतासँग’मा समाचार नबजाइदिएको भन्दै पत्रकारमाथि कुटपिट

‘सिधा कुरा जनतासँग’मा समाचार नबजाइदिएको भन्दै पत्रकारमाथि कुटपिट

 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

धरान– रवि लामिछानेले चलाउने टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा समाचार प्रसारण नगरिदिएको भन्दै धरानमा एक पत्रकार कुटिएका छन्। नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्षसमेत रहेका न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको हो।

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव हिमाल दाहालले बताए । काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन् ।

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रासस

प्रकाशित: Dec 13, 2019| 05:10 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।