सोमबार, भदौ १, २०८३

चिसोसँगै धुम्मिएको मौसम कहिले खुल्छ?

पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ भने राजधानीसहित तराईका विभिन्न जिल्लामा वर्षा भएको छ ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडाैँ उपत्यकासहित तराईका विभिन्न जिल्लामा वर्षा भएको छ। 

बिहीबार बिहानैदेखि हुम्ला, डोल्पा, जुम्ला, मुगु, मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ। हिउँ परेसँगै अधिकांश ठाउँको न्यूनतम तापक्रम खस्किएको छ। चिसाे बढेपछि हिमाली क्षेत्रकाे जनजीवन प्रभावित भएकाे छ।

जुम्लामा यतिखेर ०.९ डिग्री सेल्सियस तापक्रम छ भने भने हुम्ला, मुगु, मनाङको तापक्रम पनि माइनसमा पुगेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ८ डिग्री छ। मंसिर २० गते ४.५ डिग्रीमा झरेको थियो। तापक्रम अझै घट्न सक्ने महाशाखाकाे अनुमान छ।

यस्तै तराईका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए। वर्षासँगै तराईका जिल्लामा पनि चिसो बढेको छ ।

उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण बदलिएको मौसम भोलि (शनिबार) बाट क्रमश: सुधार हुँदै जानेछ। आइतबारदेखि देशभरको मौसम सफा हुने अनुमान मौसमपूर्वानुमान महाशाखाकाे छ।

यस्तो हुनेछ तीन दिनको मौसम

मंसिर २७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा बाक्लाे हिमपात हुनुका साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू-भागका केही स्थानमा हावाहुरी आउने पनि संभावना छ।

राति : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा  र पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने संभावना छ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा बाक्लाे हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ।

मंसिर २८ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागमा हिमपात हुने संभावना छ।

राति : देशको पश्चिमी पहाडी आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपात हुने संभावना छ।

प्रकाशित: Dec 13, 2019| 04:23 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।