सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक आज बस्दै, सभामुखबारे पनि छलफल हुने

स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक आज बस्दै, सभामुखबारे पनि छलफल हुने

 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ। आशन्न स्थायी कमिटी बैठकको कार्यसूची, हालै सम्पन्न उपनिर्वाचनको समीक्षा तथा बाँकी रहेका सांगठिनक कार्यलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो । तर, तोकिएको समयमा सबैको प्रतिवेदन नआएकाले मंसिर २३ गतेको सचिवालय बैठकले पाँच दिन समय थपेको थियो।

प्राप्त प्रतिवेदनमाथि आज बस्ने सचिवालय बैठकमा छलफल हुने बताइएको छ। एक वर्षपछि नेकपाको स्थायी कमिटी बैठक पनि आइतबारबाट बस्दैछ। पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन।

मंसिर २३ को बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो। आजको सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पनि पूर्णता दिनेछ।

बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको सभामुखको उमेदवार पनि तय गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयासको अभियोग लागेपछि पदबाट राजीनामा गरेका थिए ।

संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुने भएकाले नयाँ सभामुखका लागि विभिन्न नेताहरुले लबिङ गरिरहेका छन् । नेकपाभित्रै पूर्वसभामुख सुवास नेम्वाङ र नेता अग्नि सापकोटा मुख्य दाबेदार रहेको बताइन्छ।

प्रकाशित: Dec 13, 2019| 03:50 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।