सोमबार, भदौ १, २०८३

राष्ट्रियसभा निर्वाचन : आजदेखि दल दर्ता सुरु

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता सुरु हुँदैछ।

निर्वाचन आयोगले दर्ता भएका दललाई मंसिर २७ देखि पुस ६ गतेसम्म निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।

राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन हुँदैछ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ, नेपाली कांग्रेसका सात र राष्ट्रिय जनता पार्टीका दुई, समाजवादीका एक र सरकारबाट मनोनित एक जनाको कार्यकाल फागुन २१ मा सकिँदै छ।

अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ। उनी सरकारबाट मनाेनित भएर अर्थमन्त्री भएका हुन्। 

“नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनको लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि २०७६ मंसिर २७ देखि पुस ६ गतेसम्म कार्यालय समयभित्र आयोगको काठमाडौं, कान्तिपथस्थित, बहादुर भवनमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरिएको छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 13, 2019| 02:30 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।