सोमबार, भदौ १, २०८३

निर्वाचनका लागि दल दर्ताको आह्वान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ।

राष्ट्रिय सभाको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १९ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक जना रहेका छन्।

१९ सांसदको कार्यकाल सकिन लागेपछि निर्वाचन आयोगले माघ ९ गते निर्वाचन गर्न सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: Dec 12, 2019| 14:24 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।