सोमबार, भदौ १, २०८३

विवादबीच देउवाले गरे ४१ विभागको प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विवादका बीच सभापति शेरबहादुर देउवाले विभिन्न प्रस्ताव पेस गरेका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विवादका बीच सभापति शेरबहादुर देउवाले विभिन्न प्रस्ताव पेस गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले बैठक बहिस्कार गरेर हिंडे पनि सभापति देउवाले बैठक अगाडि बढाएका थिए।

उनले बैठकमा पार्टीभित्र विभागको संख्या २८ बढाएर ४१ वटा पुर्‍याउने प्रस्ताव गरेका छन्।

विहीबार केन्द्रीय समितिमा प्रस्तुत गरिएको देउवाको प्रस्तावमा भनिएको छ,‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी यसै विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी देहाय बमोजिमका विभागहरुको गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव गरिएको छ।’

सभापति देउवाले आगामी महाधिवेशन आफू अनुकुल बनाउन विभाग थप्न लागेको भन्दै पौडेल र सिटौला पक्षले बैठक बहिस्कार गरेका थिए।

यसैगरी, संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथि नै आघात पुर्‍याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको आरोप कांग्रेसले लगाएको छ।

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनीतिक पूर्वाग्रहका आधारमा लान्छित गर्ने प्रयास गरेको कांग्रेसले आरोप लगाएको छ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजन सम्बन्धी निर्देशिका कार्यान्वयन कति सम्पन्न भएको र कति बाँकी रहेको जानकारी लिने प्रस्ताव गरिएको छ।

यसैगरी, विहीबारको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्णलगायतका विभिन्न पदक प्राप्त गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा बधाई ज्ञापन गरिएको छ।

बैठकले अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुखमा जगन चापागाई निर्वाचित भएकोमा बधाई दिएको छ।

कांग्रेसको आगामी केन्द्रीय समिति बैठक मंसिर २९ गते १ बजेका लागि पुनः बोलाइएको छ।

प्रस्तावित केन्द्रीय विभागहरुको नाम

१. सङ्गठन विभाग

२. सूचना, संचार तथा प्रचार विभाग

३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

४. राज्य प्रशासन विभाग

५. आर्थिक नीति तथा योजना विभाग

६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग

७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग

८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग

९. संसदीय मामिला विभागः

१०. संवैधानिक तथा कानुन विभाग

११. स्थानीय तह समन्वय विभाग

१२. महिला विभाग

१३. तरुण विभाग

१४. विद्यार्थी विभाग

१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग

१६. पेशागत तथा बुद्धिजीवि विभाग

१७. शिक्षा विभाग

१८. स्वास्थ्य विभाग

१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग

२०. उद्योग व्यापार विभाग

२१. पर्यटन विभाग

२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग

२३. कृषि तथा किसान विभाग

२४. आदिवासी जनजाती विभाग

२५. खेलकुद विभाग

२६. प्राकृतिक श्रोत विभाग

२७. साहित्य, कला तथा संस्कृति विभाग

२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग

२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग

३०. दलित विभाग

३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग

३२. मुस्लिम विभाग

३३. वन तथा वातावरण विभाग

३४. तराई मधेश विभाग

३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग

३६. पिछडिएको क्षेत्र समन्वय विभाग

३७. विज्ञान तथा प्रविधि विभाग

३८. भूपू. सैनिक विभाग

३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग

४०. शुभेच्छुक संस्था समन्वय विभाग

४१. अन्य भ्रातृ संघ समन्वय विभाग

प्रकाशित: Dec 12, 2019| 12:58 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।