सोमबार, भदौ १, २०८३

मालपोतका सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– मालपोत कार्यालय काभ्रेका नायब सुब्बा रोसकाजी जस्पाउविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खरिद–बिक्री भएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिएको २० हजार रुपैयाँसहित पक्राउ परेका जस्पाउविरुद्ध २० हजार बिगो मागदाबीसहित बिहीबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

जसपाउले जग्गाधनी प्रमाणपुर्जा लिने प्रयोजनको लागि गएका सेवाग्राहीलाई राजस्व, लाभकर संकलन एवं लिखत पारित लगायतको काम गरेको भनी नियमानुसार गरिसकेको कामको लागि विभिन्न वरबहाना बनाई घूस रकम लिएको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: Dec 12, 2019| 12:18 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।