सोमबार, भदौ १, २०८३

कैलालीमा सात किलोग्राम चरेससहित चार पक्राउ

धनगढी– कैलालीको अत्तरीयाबाट प्रहरीले सात किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

धनगढी– कैलालीको अत्तरीयाबाट प्रहरीले सात किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान गोदावरी नगरपालिका–२ कडायत टोलस्थित वसन्तराज भट्टको घरमा कोठा भाडामा बस्ने चार जनालाई सात किलोग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दार्चुला, मार्मा गाँउपालिका–१ का ३२ वर्षीय जसमलसिह ठगुन्ना, जीवनसिह ठगुन्ना, उकिलसिंह ठगुन्ना र अपी हिमाल गाँउपालिका–४ का २४ वर्षीय हिक्मतसिंह धामी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार खटियाभित्र अगल–अलग झोलामा लु्काई राखेको अवस्थामा चरेस भेटिएको हो। लागुऔषध चरेसको कारोवार हुने गरेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआईटी टोली र इलाका प्रहरी कार्यालय, मालाखेतीको संयुक्त टोलीले चरेस पक्राउ गरेको बस्नेतले जानकारी दिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 12, 2019| 09:08 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।