सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन, नेविसंघद्वारा नाराबाजी

विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन, नेविसंघद्वारा नाराबाजी

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि नै विवाद भएको छ। पार्टीमा विभागको संख्या बढाउने एजेण्डा सभापति शेरबहादुर देउवाले ल्याएपछि केन्द्रीय समिति बैठक बस्नुअघि नै विवाद सुरु भएको हो। केन्द्रीय समिति बैठक नबसी गुटगत छलफलमात्र भइरहेको बताइएको छ।

यसअघि पनि सभापति देउवाले विभागको संख्या बढाउने प्रस्ताव ल्याएपछि केन्द्रीय समिति बैठकमा विवाद भएको थियो। आजको बैठकमा उपनिर्वाचनको समीक्षा, सीमा अतिक्रमण तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भनिएको थियो। तर सभापति देउवाले विभाग बढाउने प्रस्ताव ल्याएपछि आफूहरु आन्तरिक छलफलमा लागेको वरिष्ठ नेता कृष्ण सिटौला निकट एक केन्द्रीय सदस्यले जनाए।

यसैबीच, नेपाल विद्यार्थी संघको विवादका विषयमा पार्टी कार्यालय अगाडि प्रदर्शन भएको छ। नेविसंघको एक समूहले विद्यार्थी नेताको उमेर ३२ वर्षमुनी हुनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो।

प्रकाशित: Dec 12, 2019| 08:58 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।