सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार बलात्कार प्रयास प्रकरण : थप दुईविरुद्ध पक्राउ पूर्जी जारी

पत्रकार बलात्कार प्रयास प्रकरण : थप दुईविरुद्ध पक्राउ पूर्जी जारी

मंसिर पहिलो साता १६ वर्षीया पत्रकारमाथि बलात्कारको प्रयास भयो। उक्त प्रकरणमा मुख्य आरोपित पत्रकार अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने थप दुई पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– मंसिर पहिलो साता लुम्बिनीमा १६ वर्षीया एक पत्रकारमाथि बलात्कारको प्रयास भएको घटना सार्वजनिक भयो। उक्त प्रकरणका मुख्य आरोपित एक पत्रकार अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने थप दुई पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

बुटबलको एक स्थानीय एफएममा कार्यरत १६ वर्षीया पत्रकारमाथि अर्घाखाँची घर भई गुल्मी बस्दै आएका शिव सुवेदीले बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

युवतीले मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा किटानी जाहेरी दिएपछि १६ गते सुवेदी पक्राउ परेका थिए। सुवेदीमाथि अनुसन्धान गर्न पहिलो पटक चार दिन र दोस्रो पटक एक साताको म्याद जिल्ला अदालतले थप गरिसकेको छ।

तर, किटानी जाहेरीमा दोषी भनिएका पत्रकारद्वय रिया बस्नेत र प्रकाश न्यौपानेलाई भने राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ नगरेको पीडितका परिवारले बताएका छन्।

गुल्मी घर भएकी बस्नेत र प्यूठान घर भएका न्यौपानेविरुद्ध यसै साता पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जनाएका छन्। अनुसन्धानका क्रममा थप दुई पत्रकार दोषी देखिएकाले उनीहरूलाई पनि पक्राउ गरी अनुसन्धान गर्न लागिएको उनले बताए।

बस्नेत र न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने र पीडितले न्याय पाउने डीएसपी खत्रीले दाबी गरे।

 

प्रकाशित: Dec 12, 2019| 08:13 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।