हुम्ला - हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ तुम्कोट भिरमा बा५ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ। हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको हो।
टिपरमा चालकसहित चार जना रहेको र दुई जनाको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी नाम्खा गाउँपालिका-१ की २६ वर्षीया सोनामनिगुरु लामा र नाम्खा गाउँपालिका–४ का २५ वर्षीया सावेल लामा रहेका छन्। त्यस्तै नाम्खा गाउँपालिका-१ का सोनाम छेजुङ र टिप्पर चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले दुई जना घाइते भएको बताए। उत्तरी क्षेत्रमा हिमपात बढी भएकाले चिप्लेर दुर्घटनामा भएको हुनसक्ने सिंहले जानकारी दिए।