सोमबार, भदौ १, २०८३

काठमाडौंमा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस

तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, युरोप तथा अमेरिकाका विज्ञहरूले लोकवार्ता तथा संस्कृतिसम्बन्धी विषयमा छलफल गर्नेछन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - काठमाडौंमा शुक्रबार सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस सुरु हुँदै छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, युरोप तथा अमेरिकाका विज्ञहरूले लोकवार्ता तथा संस्कृतिसम्बन्धी विषयमा छलफल गर्नेछन्। कङ्ग्रेसको आयोजना नेपाली लोकवार्ता तथा संस्कृति समाजले गर्न लागेको हो।

सम्मेलनमा लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, सङ्गीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, कम्प्युटर विज्ञान, इन्जिनियरिङ जस्ता विधामा विद्वान्हरूले ८६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्।

साथै कङ्ग्रेसमा लोककथा कथन, लोकगीत गायन र लोक नृत्यको एक विशेष सत्र पनि रहनेछ। 

समाजले सन् २००१ मा पहिलो, सन् २००३ मा दोस्रो, सन् २००९ मा तेस्रो, सन् २०१२ मा चौथो, सन् २०१५ मा पाँचौँ र सन् २०१८ मा छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस आयाेजना गरेकाे थियाे। यस्तै समाजले सन् २००६ मा पहिलो र सन् २०१२ मा दोस्रो राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस र सन् २०१७ मा विशेष अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेसको आयोजना गरिसकेको छ।

प्रकाशित: Dec 12, 2019| 06:28 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।