सोमबार, भदौ १, २०८३

दोलखामा डोजर पल्टियोः १ को मृत्यु, ३ घाइते

चरिकोट गौतमटोलबाट दोलखा बजारतर्फ जाँदै गरेको डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

दोलखा- चरिकोट गौतमटोलबाट दोलखा बजारतर्फ जाँदै गरेको डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

बुधबार राति ९ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका बिगु गाउँपालिका–८ खोपाचागुका २३ वर्षीय राजु थामीको उपचारको क्रममा मुत्यु भएको दोलखा प्रहरीले जनाएको छ।

घाइते हुनेमा विगु गाउँपालिका घर भएका चालक राजकुमार थामी र विगु अम्वाटोलका विजय श्रेष्ठ तथा भीनपा २ का सुमन थामी छन् । घाइतेमध्ये २ को अवस्था चिन्ताजनक छ।

तीनै घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ । जेसीबी अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Dec 12, 2019| 02:59 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।