सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्‍चिमी वायुले चिसो बढ्‍याे, यस्ताे हुनेछ तीन दिनको मौसम

पश्‍चिमी वायुले चिसो बढ्‍याे, यस्ताे हुनेछ तीन दिनको मौसम

मौसम प्रणालीमा आएको परिवर्तनका कारण देशभर नै चिसो बढेको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको न्यून चापीय प्रणालीका कारण चिसो बढेको हो।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– मौसम प्रणालीमा आएको परिवर्तनका कारण देशभर नै चिसो बढेको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको न्यून चापीय प्रणालीका कारण चिसो बढेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागबाट न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेको छ। उक्त प्रणालीका कारण पश्चिमका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ।

यो प्रणाली सशक्त भए देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

न्यून चापीय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आउने र चिसो बढ्ने महाशाखाको भनाइ छ।
बुधबारबाट सुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने सम्भावना छ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा पनि गिरावट हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आगामी शनिबारसम्म नै चिसो र हल्का वर्षा तथा भारी हिमपातको सम्भावना रहेको छ।

यस्ताे हुनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २६ गते (विहिबार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । 

पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु साथै मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसीर २८ गते (शनिबार)

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी भुभागमा आंसिक बदली रहनेछ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वि उच्च पहाडि सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात  हुने सम्भाबना रहेकाले बिशेष गरी पश्चिमि उच्च पहाडि सहित हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।

प्रकाशित: Dec 12, 2019| 03:25 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।