सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा रोहिंग्या भित्र्याउन गिरोह नै सक्रिय, प्रतिव्यक्ति ४० हजार असुल

नेपालमा रोहिंग्या भित्र्याउन गिरोह नै सक्रिय, प्रतिव्यक्ति ४० हजार असुल

म्यानमारबाट विस्थापित भएको रोहिंग्या समुदाय बंगलादेशबाट गिरोहमार्फत पैसा तिरेर धमाधम नेपाल छिरेको पाइएकाे छ । ३० हजार बंगाली टाका अर्थात नेपाली ४० हजार बुझाएर रोहिंग्या समुदायका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरेका छन् ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले सागमा पदक जितेका खेलाडीलाई प्रधानमन्त्रीले पुरस्कारको घोषणा गरेको विषयसँगै विविध विषयलाई मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले म्यानमारबाट विस्थापित भएको रोहिंग्या समुदाय बंगलादेशबाट गिरोहमार्फत पैसा तिरेर धमाधम नेपाल छिरेको विषयलाई मुख्य समाचार बनाएको छ।

३० हजार बंगाली टाका अर्थात नेपाली ४० हजार बुझाएर रोहिंग्या समुदायका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरेका छन् ।

समाचारमा जनाइए अनुसार रोहिंग्यालाई ल्याउन र गिरोह नै सक्रिय भएको गृहमन्त्रालयको अध्ययनले देखाएको छ ।

पहिल्यै नेपाल आएका रोहिंग्या समुदायका अगुवाहरुले नेपालमा यूएनएचसीआरबाट शरणार्थीको मान्यता पाउन सजिलो रहेको भन्दै एजेन्टमार्फत यता ल्याउने गरेको समाचारमा उल्लेख छ ।

यस्तै अन्तर्राष्ट्रिय अपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका विभिन्न १७ बटा बैंकमार्फत विदेश पुर्याउने गरेको खबरलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । उसले यसरी उम्कियो १७ बैंकबाट १७ करोड शीर्षकमा खबर लेखेको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने प्रधानमन्त्री केपीशर्मा ओलीले सीमा विवाद मिलाउन सरकारको विशेष दुतका रुपमा बरिष्ठ नेता माधव नेपाललाई दिल्ली पठाउने भनिए पनि त्यो विषय चर्चामै चिसिएको खबरलाई मुख्य समाचार बनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले सागमा पदक जितेका खेलाडीका लागि घोषणा गरेको पुरस्कारलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।

प्रधानमन्त्रीको घोषणाअनुसार कास्य जित्नेले ३, रजत जित्नेले ६ र स्वर्ण जित्नेले ९ लाख पाउँनेछन् । एकभन्दा बढि स्वर्ण जित्नेले भने ११ लाख रुपैयाँ पाउने भएका छन् । एक भन्दा बढि स्वर्ण जित्ने ४ जना छन् ।

नागरिक दैनिकले स्वर्ण विजेतालाई नौ लाख शीर्षकमा खबर छापेको छ भने सर्वोच्चले प्रदेशको हकमा हस्तक्षेप नगर्न केन्द्र सरकारका नाममा आदेश जारी गरेको विषयलाई मुख्य समाचार बनाएको छ।

नयाँ पत्रिकाले भने पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर अलपत्र पारेको पुलको विषयलाई मुख्य समाचार बनाएको छ।

 

 

प्रकाशित: Dec 12, 2019| 01:18 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।