सोमबार, भदौ १, २०८३

१३ लाखसहित बाबुछोरा पक्राउ

सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगञ्ज-२, घरबारी टोलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरेको हो।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

नेपालगञ्ज - सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगञ्ज-२, घरबारी टोलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए। प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए। उनले भने, “शङ्का लागेपछि आज पिछा गरेका थियौं। सोही क्रममा १३ लाख नगद रकमसहित बाबुछोरालाई पक्राउ गरेका छौं।”

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए। यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए। नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन्।

प्रकाशित: Dec 11, 2019| 11:54 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।