सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकारले बाँडेको योजनाको फाइल खोतल्दै अख्तियार

प्रदेश सरकारले बाँडेको योजनाको फाइल खोतल्दै अख्तियार

प्रदेश सरकारले वितरण गरेका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

जनकपुरधाम- प्रदेश सरकारले वितरण गरेका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारका विभित्र मन्त्रालयले वितरण गरेको विकास निर्माणलगायतका योजनाहरुमाथि अख्तियारले अनुसन्धान थालेको हो।

छानबिन गर्न अख्तियारले शंकास्पद योजनाहरुको फाइलसमेत नियन्त्रणमा लिएको बताइएको छ। अख्तियारको टंगालस्थित कार्यालय र बर्दिवासस्थित कार्यालयको टोलीले संयुक्त रुपमा योजनाहरुको छानबिन गरेको छ।

अख्तियारको बर्दिवास कार्यालयका सूचना अधिकारी हरिप्रसाद घिमिरेका अनुसार टंगालस्थित कार्यालयबाट आएको छुट्टाछुट्टै टोलीले प्रदेश २ का विभित्र जिल्ला पुगेर योजनाबारे स्थलगत छानबिन गरेको छ।

धनुषा, महोत्तरी र सर्लाही पुगेको टोली छानबिनपछि फर्केको र एक टोलीले अहिले रौतहटमा छानबिन गरिरहेको उनले बताए।

पछिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारका विभित्र मन्त्रालयहरुले वितरण गरेको ८ सय ४२ योजना मध्ये ५ सय १० योजनाको रकम हालसम्म निकासा भएको छैन्। उपभोक्ता समिति मार्फत् भएको कामहरुको ९० करोडभन्दा बढी रकम भुक्तानी हुन अझै बाँकी छ।

कतिपय योजनाहरुमा कामै नगरी भुक्तानीको लागि बिल भर्पाइ पेश गरिएको भन्दै प्रदेश सरकारको अर्थ मन्त्रालयले निकासा रोकेको थियो।

प्रदेशसभामा सत्तापक्षका साथै प्रतिपक्षका सांसदहरुले रकम निकासा गर्न माग गरेपछि सभामुख सरोज यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।

सभामुख नेतृत्वको छानबिन समितिले समेत सरकारले वितरण गरेको योजनाहरुमा अनियमितता भएको ठहर गरेको छ।छानबिन समितिले एउटै योजनाको लागि दोहरो तेहरो बजेट निकासा गरिएको तथ्य फेला पारेको छ।

प्रकाशित: Dec 11, 2019| 10:51 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।