सोमबार, भदौ १, २०८३

कर्मचारी समायोजन संशोधन सूचि सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको समायोजन संशोधन गरेको छ। नाम, पद, स्थान र संकेत नम्बर गल्ती भएका १ सय ७५ कर्मचारीको समायोजन संशोधन गरी सार्वजनिक गरिएको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको समायोजन संशोधन गरेको छ। नाम, पद, स्थान र संकेत नम्बर गल्ती भएका १ सय ७५ कर्मचारीको समायोजन संशोधन गरी सार्वजनिक गरिएको छ।

पहिलो चरणमा समायोजनका क्रममा नाम, पद, स्थान र संकेत नम्बर गल्ती भएकाहरुको सच्याईएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

समायोजनका क्रममा भएका अन्य गुनासाहरुको विषयमा विभिन्न विकल्प अगाडि सारेर काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसअघि नै बताएका थिए। मन्त्री ढकालका अनुसार समायोजनमा करिब ७ हजार गुनासा रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको पहिलो संशोधनमा हेल्थ असिस्टेन्ट, अहेव, अनमी, सिनियर अहेव र सिनियर अनमी लगायत रहेका छन्।

यस्तो छ समायोजन संशोधनको सूचि

प्रकाशित: Dec 11, 2019| 10:08 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।