सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीका अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालनमा

धनगढीका अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालनमा

धनगढीमा सञ्चालित अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालन भइरहेका पाइएको छ। निर्माणाधिन मोहना पुल–अत्तरिया ६ लेन सडकको दायाँ बायाँ सञ्चालनमा रहेका ११ पेट्रोलपम्पले मापदण्ड पुरा नगरेको मोहना पुल– अतरिया ६ लेन सडक आयोजनाले जनाएको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

धनगढी – धनगढीमा सञ्चालित अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालन भइरहेका पाइएको छ। निर्माणाधिन मोहना पुल–अत्तरिया ६ लेन सडकको दायाँ बायाँ सञ्चालनमा रहेका ११ पेट्रोलपम्पले मापदण्ड पुरा नगरेको मोहना पुल– अतरिया ६ लेन सडक आयोजनाले जनाएको छ।

आयोजनाले ६ लेन सडकमा पर्ने पेट्रोल पम्पहरुको अनुगमन गर्दा कसैले पनि मापदण्ड पुरा नगरेको पाइएको जनाएको छ। पेट्रोल पम्प संञ्चालन गर्न ४० मिटर जमिन, डिस्पेन्सर, ग्रिनरी वेल्ट, शौचालय, डिस्पेन्सरको माथि छानो, फायर फाईटर र पम्प भएको क्षेत्रको जमिन पिच अथवा ढलान भएको हुनुपर्ने भएपनि कसैले त्यो पालना गरेको नपाइएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख होम बहादुर ऐसीले पेट्रोलपम्पहरुको दुरी सडकबाटसमेत निकै नजिक भएको दाबी गरे। धनगढी–अतरिया क्षेत्रमा स्तरीय सडक निर्माण भइरहेका कारण पेट्रोल पम्पहरुको गुणस्तर पनि राम्रो हुनुपर्ने र यसका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

आयोजनाले मापदण्ड पुरा नभएका पेट्रोल पम्पलाई मापदण्ड पुरा गर्न पत्रचार गरिसकेको छ। आयोजनाका प्रमुख ऐसीले तोकिएको समयमा मापदण्ड पुरा नगर्ने पम्पलाई कारबाही गरिने चेतावनी दिए। आयोजनाले मापदण्ड विपरितका पम्पलाई मापदण्ड पुरा गर्न दुई महिनाको समय दिएको छ।

यसरी मापदण्ड विपरित सञ्चालनमा आएका पेट्रोल पम्पका कारण सेवाग्राहीलेसमेत समस्या झेल्दै आएका छन्।

प्रकाशित: Dec 11, 2019| 08:16 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।