सोमबार, भदौ १, २०८३

भीड देखेर पूर्वराजा हौसिए, बिन्तीपत्रको चाङ

पछिल्लो भ्रमणका क्रममा उनले रूपन्देही सैनामैनाको बोलबमधाम, रूपन्देहीकै मर्चवारी माईको मन्दिर, पाल्पाको भगवती मन्दिर, कपिलवस्तुको शिव मन्दिर र नवलपरासीको भगवती मन्दिरमा पूजापाठ गरेका छन्।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

भैरहवा - पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ। उनी औपचारिक कार्यक्रम बनाएर विभिन्न मठमन्दिर तथा धार्मिक स्थलको भ्रमणमा निस्कन थालेका छन्।

यस क्रममा पूर्वराजा शाहले तराई–मधेसको दुई पटक यात्रा गरे।

गत फागुन अन्तिम साता पूर्वी मधेसको यात्रा गरेका पूर्वराजा शाह मंसिर १५ गतेदेखि २२ गतेसम्म पश्चिम तराई–मधेसको भ्रमण गरेर काठमाडौं फर्किएका छन्।

पछिल्लो भ्रमणका क्रममा उनले रूपन्देही सैनामैनाको बोलबमधाम, रूपन्देहीकै मर्चवारी माईको मन्दिर, पाल्पाको भगवती मन्दिर, कपिलवस्तुको शिव मन्दिर र नवलपरासीको भगवती मन्दिरमा पूजापाठ गरेका छन्।

पूर्वराजा शाह पुगेको हरेक स्थानमा सर्वसाधारण तथा समर्थकको ठूलै भीड लाग्ने गरेको थियो। उनी पुगेको सबै स्थानमा ‘राजा आऊ देश बचाऊ’ नारा लागेको थियो। सर्वसाधारणको भीड देख्दा पूर्वराजा निकै हौसिएका देखिन्थे।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने पक्षका सर्वसाधारणको संख्या भने अधिक देखिन्थ्यो। त्यसमा केही राजावादी–हिन्दु पार्टी निकटका नेताकार्यकर्ताका साथै कांग्रेस, नेकपा र मधेसी दलका नेता पनि देखिन्थे।

पूर्वी मधेसको यात्राबाट हौसिएका पूर्वराजा शाहले पश्चिम मधेसमा पनि त्यसै किसिमको प्रतिक्रिया पाएका छन्।

त्यसै क्रममा कपिलवस्तुको गोरुसिङेमा पूर्वराजाको समर्थनमा हजारौंको भीड लागेको थियो। उनले त्यहाँ करिब एक किलोमिटर हिँडेर समर्थकसँग भेटघाट गरेका थिए।

पूर्वराजा शाहको पश्चिम मधेस भ्रमण आयोजक समितिका सदस्य विपिन मल्लिकले भने, ‘पूर्वराजा शाहको भ्रमण सोचेको भन्दै धेरै राम्रो भएको छ। त्यसैले सबै जना प्रसन्न छौं।’

पूर्वराजा शाहको हाउभाउले पनि समर्थन र भीड देखेर हौसिएको प्रस्ट हुन्थ्यो। आफूप्रति सर्वसाधारणमा ठूलो आस्था र विश्वास रहेको बुझाइ पूर्वराजा शाहको छ।

विकास निर्माणदेखि राज्यको गुनासोसम्म

पूर्वराजा वा दरबारसँग कुनै शक्ति छैन। राज्य संयन्त्रमा कुनै पहुँच छैन। तर, पूर्वराजासँग अपेक्षा राख्नेको जमात ठूलै रहेछ।

राजतन्त्रका बेला दरबार अथवा राजालाई बिन्तीपत्र चढाइन्थ्यो। सर्वसाधारणले अहिले पनि सोही खालको बिन्तीपत्र चढाउने गरेका छन्।

उनले साताव्यापी भ्रमणका भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा सर्वसाधारणसँग भेटघाट गरेका थिए। सोही क्रममा करिब तीन घण्टामा पूर्वराजा शाहले सर्वसाधारणसँग भेटेका थिए।

सोही क्रममा सबभन्दा बढी बिन्तीपत्र पूर्वराजालाई बुझाइएको थियो।

बिन्तीपत्रमा सर्वसाधारणले राज्यबाट सहयोग पाउन नसकेका, विकास निर्माणका र खेतीपातीका कुरा लेखेका थिए।

कतिपयले आफ्नो खेतमा पानी पुग्न नसकेको, मलखाद उपलब्ध हुन नसकेको जस्तो बिन्तीपत्रमार्फत गरेका थिए। कतिपय बिन्तीपत्रमा सडक निर्माण नभएकोदेखि जनप्रतिनिधिले भ्रष्टाचार गरेको विषय समावेश थिए।

पूर्वराजाका सचिवालयका एक सदस्य भन्छन्, ‘अहिले पनि सर्वसाधारणले राजा शक्तिशाली नै रहेको ठान्छन्। राजासँग धेरै अपेक्षा गरेका छन्। तर, हामीले बिन्तीपत्र बुझ्नुबाहेक केही गर्न सकेका छैनौं।’

प्रकाशित: Dec 11, 2019| 07:34 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।