काठमाडौं– कञ्चनपुरमा हात्तीको आक्रमणबाट घाइते भएकी अर्की एक महिलाको पनि मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ की ५० वर्षीया भुरी बोहोराको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि हात्तीको आक्रमणबाट सोही ठाउँकी ३८ वर्षिया वसन्ती भट्टको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र वहादुर चन्दले बोहोराको मृत्यु भएको पुष्टि गरे।
आक्रमणमा परी घाइते भएका अन्य चार महिलालाई उपचारका लागि भारतको खटिमा पठाइएको उनले बताए। घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन् ।