सोमबार, भदौ १, २०८३

हात्तीको आक्रमणबाट दुईको मृत्यु, ४ घाइते

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं–जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

घाँस दाउरा लिन महाकाली नगरपालिका–२ मा रहेको मायापुरी सामुदायिक वनमा गएको बेला हात्तीले आक्रमण गर्दा ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार घाइेतहरुमा सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन्। घाइतेलाई उपचारका लागि भारत लगिएको छ। दुईओटा हात्तीले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 11, 2019| 06:34 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।