सोमबार, भदौ १, २०८३

कृषि विकास बैंक लुट्ने ‘काले’ समूहका ३ पक्राउ

गत असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं- गत असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनैजनाको कनेक्सन कालेसँग देखिएको छ।

‘यो समूहले भाइबरलगायत सामाजिक सञ्जाल फोन गर्दै चिठ्ठा पर्‍यो भन्दै कैयौँलाई ठगेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘उनीहरुले १७ करोड बराबरको कारोबार गरेको देखिएको छ, तर त्यसको वैधानिक स्रोत खुलाउन सकेका छैनन्।’

स्रोतका अनुसार पक्राउ परेकामध्ये एकजनाले कालेलाई बैंक खाता नम्बर पठाएको देखिएको छ। यो समूहले अन्य बैंकबाटसमेत रकम लुटेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

कृषि विकास बैंक लहान शाखाबाट करिब पाँच करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए।

प्रहरीका अनुसार कालेका स्थानीय एजेन्ट सर्लाहीका पुष्पराज खड्का रहेको खुलेको थियो। पुष्पले नुवाकोटका लवाङ तामाङलाई खटाएर विभिन्न व्यक्तिमार्फत रकम झिक्न लगाएका थिए।

प्रहरीले पुष्पलाई ३१ लाख रुपैयाँ नगदसहित पक्राउ गरेपछि कालेको पोल खुलेको थियो। लहान शाखाका कर्मचारीको एडमिन प्रयोग गरी अर्को शाखाको व्यक्तिको खातामा रकम पठाएको पाइएको थियो।

 

प्रकाशित: Dec 11, 2019| 06:15 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।