सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली नागरिकता बनाउन खोज्‍ने ससुरा–ज्वाइँ प्रहरी फन्दामा

नक्कली नागरिकता बनाउन खोज्‍ने ससुरा–ज्वाइँ प्रहरी फन्दामा

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

जनकपुरधाम– झुटो विवरण पेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र बनाउन खोज्ने दुईजना जनकपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–२ बस्ने जीत नारायण यादव र भारतको विहार राज्य मुजफ्फरपुर ग्राम शंकरपुर बस्ने सुनिल कुमार यादव छन्। पक्राउ परेका भारतीय नागरिक सुनिल धनुषाधाम बस्ने जीतनारायणका ज्वाइँ रहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालयमा झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा सोधपुछको क्रममा दुवैजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए। जीतनारायण र सुनिल नागरिकता बनाउन मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्।

प्रमुख जिल्ला अधिकारी कँणेलले सोधपुछको क्रममा ससुरा जीतनारायणले शंकास्पद जवाफ दिएको बताए। भारतीय नागरिक सुनिललाई नागरिकता बनाउन वडा कार्यालयले समेत सिफारिस गरेको छ। कँणेलका अनुसार नागरिकता बनाउन सिफारिस गर्न वडाअध्यक्ष प्रभुनारायण साहले १० हजार रुपैयाँ घुस लिएको पक्राउ परेका जीतनारायणले बयान दिएका छन्।

वडाध्यक्षलाई नियन्त्रणमा लिन निर्देशन

झुटो विवरण पेश गरी नेपाली नागरिकता बनाउन खोज्ने भारतीय नागरिकलाई सिफारिस गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। कँणेलले वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताए।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कँणेलले बताए।

प्रकाशित: Dec 11, 2019| 06:17 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।