काठमाडौं– पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ। नेपाल धितोपत्र बोर्डमा १९ वटा कम्पनी आईपीओ जारी गर्नका लागि अनुमतिको पर्खाइमा छन्। ती कम्पनीबाट चार करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयरका लागि आईपीओ जारी हुनेछ।
पाइपलाइनमा रहेकामा सबैभन्दा बढी जलविद्युत कम्पनी छन्। बोर्डका अनुसार आईपीओ निष्कासनका लागि ११ जलविद्युत कम्पनी, दुई बिमा कम्पनी, चार माइक्रोफाइनान्स कम्पनी र दुई अन्य कम्पनीले आवेदन दिएका छन्।
ती कम्पनीहरुले बोर्डबाट अनुमति पाउनेबित्तिकै आईपीओ जारी गर्नेछन्।
अनुमतिको पर्खाइमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दीखोला जलविद्युत् कम्पनी, अपरहेवाखोला जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्र्जिङ नेपाल लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था छन्।
त्यस्तै मोलुङ हाइड्रोपावरक कम्पनी लि, रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिफर फल्स पावर लिमिटेड, थ्री स्टार जलविद्युत लिमिटेड, डिस मिडिया नेटवर्क, आइएमई लाइफ इन्स्योरेन्स, विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालय हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर लिमिटेड रहेको बोर्डले जनाएको छ।
रिलायबल १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा छ।