आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न अर्थमन्त्रीसँग हानको माग

बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न अर्थमन्त्रीसँग हानको माग

संघकी अध्यक्ष सिर्जना राणाले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने सरकारी निर्णयको माग गरेकी छिन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- होटल एसोसिएसन अफ नेपाल (हान)ले सरकारसँग बजेटमा आएका कार्यक्रम कार्यान्वयन गर्न माग गरेको छ। संघले बुधबार अर्थमन्त्री जनार्दशन शर्मासँग भेटी सो माग गरेको हो। 

संघकी अध्यक्ष सिर्जना राणाले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने सरकारी निर्णयको माग गरेकी छिन्। 

त्यस्तै संघले होटल  उद्योगलाई उत्पादनमुलक उद्योगसमान राख्ने निर्णय औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गर्न माग गरेको छ।

होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउन संघले माग गरेको विज्ञप्तिमा जनाइएको छ।

संघले होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयनमा आउन ढिलाई भएको जनाएको छ। सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा कम्तिमा एक बर्षसम्म निरन्तरता दिन संघले माग गरेको छ।                  

संघले होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गर्न, यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेकोले होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको व्यवस्था गर्न पनि माग गरेको छ। 

त्यस्तै मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु कार्यान्वयनको माग गरेको छ। 

उनीहरुको माग सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेकोबारे आफू जानकार रहेको बताउँदै होटल उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने स्पष्ट पारे।

भेटमा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो।


प्रकाशित: Sep 01, 2021| 21:44 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्