आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चर्को भाडा असुल्ने टर्किस, कतार र हिमालयन एयरलाइन्सलाई कारबाही सिफारिस

चर्को भाडा असुल्ने टर्किस, कतार र हिमालयन एयरलाइन्सलाई कारबाही सिफारिस

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद देवकोटालाई प्रतिवेदन बुझाउदै समितिले कतार, टर्किस र हिमालयनलाई कारबाही गर्न सुझाव दिएको हो।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- कोभिड-१९ को महामारीका कारण गरिएको लकडाउन निषेध आदेशको समयमा चार्टरलगायत अन्तराष्ट्रिय उडानमा चर्को भाडा असुलेको पाइएको छ। उक्त विषयमा छानबिन गर्न बनेको समितिले टर्किस एयरलाइन्स, कतार एयरवेज र हिमालयन एयरलाइन्सलाई कारबाही गर्न सुझावसहितको प्रतिवेदन पेस गरेको छ। 

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद देवकोटालाई प्रतिवेदन बुझाउदै समितिले कतार, टर्किस र हिमालयनलाई कारबाही गर्न सुझाव दिएको हो। 

यी वायुसेवा प्रदायकले चर्को हवाई भाडा असुलेको भन्दै २५ वटा उजुरी परेका थिए। जसमध्ये कतार एयरवेजको चार्टर उडानसँग सम्बन्धित १६ वटा, टर्किस एयरलायन्ससँगसम्बन्धित ७ वटा र हिमालयन एयरलाइन्ससँग सम्बन्धित २ वटा उजुरी थिए। 

कम्पनीविरुद्ध उजुरी परेपछि मन्त्रालयले २०७८ असार ७ गते नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोखरेललको संयोजकत्वमा समिति गठन भएको थियो। 

प्रकाशित: Sep 01, 2021| 21:27 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्