आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रोजगारीका लागि स्विट्जरल्यान्डले झन्डै २ अर्ब अनुदान दिने, स्वीकृत गर्ने सरकारको निर्णय

रोजगारीका लागि स्विट्जरल्यान्डले झन्डै २ अर्ब अनुदान दिने, स्वीकृत गर्ने सरकारको निर्णय

सरकारले स्विटजरल्यान्डले झन्डै २ अर्ब अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- सरकारले स्विटजरल्यान्डले झन्डै २ अर्ब अनुदान सहयोग उपलब्ध गराउने भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि करिब १ अर्ब ९३ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराइने बताइएको छ। 

स्विस सरकारले दिने उक्त रकम स्वीकार गर्ने निर्णयसमेत सरकारले गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारले समाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। 'आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय भएको छ,' बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 

बैठकले माओवादी सेनाका घाइते, अगंभंगभएका लडाकु, र सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएकाहरूका साथै दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका घाइते लागि पुनर्स्थापना एवं हेरचाहका लागि बनाइएको निर्देशिका संशोधन गर्ने निर्णयसमेत गरेको छ।


प्रकाशित: Sep 01, 2021| 19:47 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्