आइतबार, साउन ३१, २०८३

मेडिकल कलेजविरुद्ध 'एक्सन'मा जाने सरकारको निर्णय

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नगरे बुधबारदेखि सरकारले कारबाही थाल्ने भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ बसेको बैठकले मेडिकल कलेजका सञ्चालकहरु सहमतिमा नआए बुधबारदेखि 'एक्सन'मा जाने निर्णय गरेको हो।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नगरे बुधबारदेखि सरकारले कारबाही थाल्ने भएको छ।

गृह मन्त्रालयमा मंगलबार साँझ बसेको बैठकले मेडिकल कलेजका सञ्चालकहरु सहमतिमा नआए बुधबारदेखि 'एक्सन'मा जाने निर्णय गरेको हो।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’,प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महान्यायाधिवक्ता अग्नि खरेललगायतको सहभागिता रहेको थियो।

यसैबीच सरकारले बुधबारबाट एक्सनमा जाने बताएपछि पुन: मेडिकल सञ्चालक र शिक्षामन्त्री बीच बैठक बसिरहेको छ। यसअघि आजै बसेको बैठकमा मेडिकल कलेज सञ्चालकहरुले आफूहरुले बढी रकम नलिएको भन्दै लिइएको शुल्क फिर्ता नगर्ने अडान लिएका थिए।

सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्टिमेटममासमेत पैसा फिर्त गर्ने सुरसार नदेखाएपछि सरकारले मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो।

 

प्रकाशित: Nov 26, 2019| 14:07 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।