बिहीबार, साउन २८, २०८३

महानगरपालिकाले ल्यायो ‘विउ एटिएम’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- ललितपुर महानगरपालिकाले आइतबारदेखि विउ एटिएम (सिड अटोमेटेड टेलर मेसिन) सञ्चालनमा ल्याएको छ । दैनिक सेवा लिने १५ सय सेवा गा्रहीलाई लक्षित गर्दै महानगरले विउ एटिएम सञ्चालनमा ल्याएको हो । 

मेसिनबाट सेवा गा्रहीहरुले ३६ किसिमका मैसमी तरकारी तथा फूलका विउहरु आपूर्ति गर्न सक्ने छन् । सुरुमा महानगरिय तर अहिले मेसिन प्रयोगकर्ताको चाप वृद्धि भएको छ । भारतमा प्रचलनमा रहेको यो मेसिन नेपालमा भने पहिलो पटक प्रचलनमा आएको हो । 

सेवा गा्रहीहरुले मेसिनको स्क्रिनमा रहेको प्रेस बटन दबाई विउको किसिमलाई वालीको फोटोमा छनोट गरी देखिएको मुल्य बराबरको विउको प्याकेट प्राप्त गर्न सक्ने छन् । २०, ५० र १०० मुल्य रहेको विउ प्राप्तिका सेवा गा्रहीले सफा कागजी नोट मेसिनमा छिराएर विउको प्याकेट प्राप्त गर्न सकिन्छ । 

कृषि तथा पशुपंक्षि मात्रालयका कृषि सचिवले डा. युवकधोज जिसीले नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको बताए । खाने मुख तीन गुणा वढ्ने तर जमिन घट्दै जाने हो भने वढ्दो जनसंख्याको मागलाई पुर्ती गर्न नसकिने डा. जिसीले बताए । 

ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनले मेसिनले सक्कली विउ प्रदान गर्ने दाबी गरे । ‘यसमा कुनै समस्या हुने छैन् । विउबाट संकलित रकमको २ प्रतिशत हिस्सा महानगरको राजस्वमा प्राप्त हुनेछ । यो मेसिनको काम र नतिजा हेरेर आगामी दिनमा २९ वटै वडाहरुमा सेवा दिने नीतिगत व्यवस्था भएको छ,’ मेयर चिरिबाबु महर्जनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।