काठमाडौं- साताको पहिलो कारोबार दिन शेयर बजार परिसुचक (नेप्से) ६.८८ अंकले घटेर ११३९.२९ अंकमा अडिएको छ।
सेयर बजारप्रति लगानीकर्ताको विकर्षण हुदै गएपछि ओरालो लागेको बजार अझै रोकिएको छैन।
आइतबार दिनभर १७ करोड ५५ लाख रुपैयाा बराबरको कारोबार भएको छ।
यसदिन १६१ कम्पनीका सात लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ।
यसदिन सबैभन्दा बढी प्रभु बैकको एक करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै देव विकास बैंक, मेगा बैक, नविल बैंक लगायतको धेरै कारोबार भएको छ।
त्यसैगरी यसदिन सबैभन्दा बढी कमाउनेमा एनआइसी एसिया ग्राथ फन्ड, बरुण हाइड्रो पावर र चिलिमे हाइड्रो पावरका लगानीकर्ताहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक, आखुँखोला जलविद्युत कम्पनी, सेवा लघुवित्तका लगानीकर्ताहरु रहेका छन्।
बजारप्रति लगानीकर्ता ढुक्क हुने अवस्था नरहनु र सेयर बजार नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा अझै अध्यक्ष नियुक्त नहुनु जस्ता कारणले बजार ओरालो लागेको लगानीकर्ताहरु बताउँछन्।
यसदिन सामुहिक लगानीकर्ता समूहको उपसुचक बाहेक सम्पुर्ण समुहगत उपसुचक ओरालो लागेको छ। यसदिन सबैभन्दा बढी उत्पादनमुलक समुहको सुचक ३७.३५ अंकले घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४