शनिबार, साउन ३०, २०८३

सिद्धार्थका एकसाथ चार शाखा

सिद्धार्थ बैंकले शुक्रबार उपत्यकाबाहिर एकसाथ चार नयाँ शाखा सञ्चालन गरेको छ। 
 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिद्धार्थ बैंकले उपत्यकाबाहिर एकसाथ चार नयाँ शाखा सञ्चालन गरेको छ। 

बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शुक्रबार शाखा सञ्चालन गरेको हो। 

यी शाखामार्फत् निक्षेप संकलन, कर्जा प्रवाहलगायत बैंकिङ सेवा दिइने बैंकद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। 

यससँगै बैंकको कुल शाखा सञ्जाल १७१ (चार एक्सटेन्सन काउन्टरसहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटीएम काउन्टर र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् सेवा दिइरहेको जनाएको छ। 

बैंकको चुक्तापूँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४० विज्ञप्तिमा उल्लेख छ । २०७६ असोज मसान्तसम्म बैंकले १२४ अर्ब निक्षेप संकलन र ११३ अर्ब कर्जा लगानी गरेको जनाएको छ । 
निक्षेपकर्ता तथा ग्राहकलाई दिइने सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाइने बैंकले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्